२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गणतन्त्र भौतिक र मानसिक रूपले संस्थागत भइसकेको छ : प्रदेश प्रमुख परियार

अ+ अ-

कर्णाली । कर्णालीका प्रदेश प्रमुख तिलक परियारले गणतन्त्र नेपाली जनमानसमा भौतिक र मानसिकरूपले संस्थागत भइसकेको बताएका छन् ।

कर्णाली प्रदेश सरकारद्वारा वीरेन्द्रनगरमा आयोजित १५औँ गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन गर्दै उनले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता हरेक नेपालीको मनमनमा स्थापित भइसकेको बताए ।

प्रदेश प्रमुख परियारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट प्राप्त उपलब्धिको सदुपयोग गरी संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माणमा जुट्नुपर्ने विचार व्यक्त गरे । उनले गणतन्त्र दिवसले राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमिकता र स्वाधीनता अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली प्रदेश आम रूपमा महिला, दलित, मधेसी, जनजातिभन्दा पनि पछाडि रहेको बताए । ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पनि कर्णालीले सुनको थालमा भिख माग्नुपरेको छ, अथाह सम्भावना भए पनि केही नभएको जस्तो अवस्था छ’, उनले भने, ‘यहाँ पर्याप्त नदीनाला छन्, बहुमूल्य जडीबुटी छन् तैपनि हामीले त्यस्ता मूल्य वान वस्तुलाई उपयोगमा ल्याउन सकेका छैनौँ ।’ कर्णालीको विकासका लागि सबै तहका जनप्रतिनिधि जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो । साथै उनले संविधानले नागरिकलाई सामाजिक, राजनीतिक अधिकार दिए पनि कर्तव्य भुल्दै गएको धारणा राखे ।

कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले गणतन्त्र शासन प्रणाली मात्र नभई जीवन पद्धतिसमेत भएको बताए । उनले गणतन्त्र प्राप्तपछि राजनीतिक प्रणाली स्थिर बन्दै गएको, राज्यका संस्थाहरू प्रभावकारितामा वृद्धि आएको, नागरिकमा राष्ट्रभक्तिको भावना बढेको र मुलुक आर्थिक समृद्धिको मार्गमा अघि बढेको उल्लेख गरे ।

समारोहमा जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्देल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले पनि मन्तव्य व्यक्त गरेका थिए ।

मङ्गलगढी चोकबाट सुरु भएको प्रभात फेरी तल्लो बजार, गणेश चोक, पिपल चौतारा हुँदै सुर्खेत सभा हलमा पुगेर समारोहमा परिणत भएको थियो । प्रभात फेरीमा जनप्रतिनिधि, व्यवसायी, कर्मचारी, नागरिक समाजका प्रतिनिधिलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस