शिक्षामा ७० अर्ब ५ करोड बजेट विनियोजन « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

शिक्षामा ७० अर्ब ५ करोड बजेट विनियोजन


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि ७० अर्ब ५ करोड बजेट विनियोजन गरेको छ ।

शिक्षाका लागि प्रदेशमा ५ अर्ब ३२ करोड र स्थानीय तहमा १ खर्ब २१ अर्ब १ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका हुन् ।

उनले प्राविधिक शिक्षाको तालिमका लागि ८ अर्ब ३० करोड विनियोजन गरिएको बताए । आगामी आर्थिक वर्षमा कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरिने र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत १ हजार २०० विद्यालयका लागि प्राविधिक भवन बनाइने बजेट वक्तव्यमा उल्लेख छ ।

उनले डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न आवश्यक प्रक्रिया अघि बढाइने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस