काठमाडौँ । लोक गायक विक्रम परियार र गायिका शान्ती श्री परियारको कर्णप्रिय स्वरमा रहेको ‘पाखे’ बोलको गीत सार्वजनिक भएको छ ।
कमल खनालको शब्द सङ्गीत रहेको उक्त गीतलाई विनोद बाजुरालीले एरेञ्ज गरेका हुन् ।
पछिल्लो समय साङ्गीतिक बजारमा नेपाली लोक गीत सङ्गीतले बजारमा राम्रै चर्चा परिचर्चा बटुली रहेको छ । यसै बिचमा गायक विक्रमकाे पाखे बोलको गीत पनि बजारमा आएको छ । उक्त गीतमा नारायणी खत्री र अनिल पौडेलको अभिनय रहेको छ ।
नवराज उप्रेतीको छायाङ्कन र मनोज कार्कीको सम्पादनमा तयार भएको उक्त गीतको म्युजिक भिडियो गायक विक्रम परियारको अफिसियल युट्युब च्यानलमार्फत् बजारमा आएको छ । सो गीतलाई दर्शकले मन पराइदिनेमा गायक विक्रम आशावादी छन् ।
हेर्नुहोस् भिडियोसहित :