सम्पर्कविहीन जहाजको खोजी भइरहेको छ « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

सम्पर्कविहीन जहाजको खोजी भइरहेको छ


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । पोखराबाट जोमसोम जाँदा सम्पर्कविहीन भएको आफ्नो जहाज खोजीका लागि गएको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको तारा एयरले जनाएको छ ।

तारा एयरले प्रेस विज्ञप्ति जारी गर्दै हराइरहेको जहाज खोजी तथा उद्धारका लागि काठमाडौँ, पोखरा र जोमसोम विमानस्थलमा हेलिकप्टरहरू स्ट्यान्डबाइ राखिएको जनाएको छ ।

मोसममा सुधार आउन साथ हवाई मार्गबाट खोजी कार्य पुनः सुरु गर्ने तारा एयरले जनाएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र तारा एयरको उद्धार टोली स्थल मार्गबाट त्यसतर्फ प्रस्थान गरिसकेको जानकारी कम्पनीले दिएको छ ।

हेर्नुहोस् विज्ञप्ति:

Tags :
प्रतिक्रिया दिनुहोस