टुँडिखेलमा मनाइयो १५ औँ गणतन्त्र दिवस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

टुँडिखेलमा मनाइयो १५ औँ गणतन्त्र दिवस


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । १५ औँ गणतन्त्र दिवसको अवसरमा आज (आइतबार) टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।

समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट गणतन्त्र दिवस अङ्कित ब्यानर प्रदर्शन गर्नुका साथै पुष्पवृष्टि गरिएको थियो ।

गणतन्त्र दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्या देवी भण्डारी उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनासहित संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस