राप्रपा नेपालले सातै प्रदेशमा भेला गर्ने « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

राप्रपा नेपालले सातै प्रदेशमा भेला गर्ने


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालले सातै प्रदेशमा भेला र अन्तर्क्रिया गर्ने भएको छ।

पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले गरेको निर्णयअनुसार भेला तथा प्रशिक्षण गर्न लागिएको महामन्त्री राजाराम बर्तौलाले बताए।

‘जनताको माझमा राप्रपा नेपाल’ अभियान अन्तर्गत बर्तमानका चुनौती र विकल्प विषयमा अन्तर्क्रिया गर्न लागिएको उनले बताए।

बुद्धिजीवी, नागरिक समाजका अगुवा तथा विभिन्न पेसा, वर्ग, क्षेत्र, समुदायका प्रतिनिधिसँग अन्तरक्रिया गरिने उनको भनाइ छ।

सातै प्रदेशमा प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला र प्रशिक्षण कार्यक्रम पनि आयोजना हुने उनले बताए।

पहिलो चरणमा जेठ १८ र १९ गते बागमती प्रदेशको हेटौँडामा, २१ र २२ गते प्रदेश नम्बर १ को विराटनगरमा, २३ र २४ गते मधेस प्रदेशको जनकपुरमा २५ र २६ गते लुम्बिनीको बुटवलमा, २७ र २८ गते गण्डकीको पोखरामा कार्यक्रम गरिने उनले बताए।

कार्यक्रमलाई अध्यक्ष थापालगायतले सम्बोधन गर्नेछन्। बाँकी दुई प्रदेशमा हुने कार्यक्रमको मिति छिटो तय गरिने उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस