राज्यका अङ्ग दुरुपयोग गरी गणतन्त्रमाथि प्रहार भइरहेको छ : ओली « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राज्यका अङ्ग दुरुपयोग गरी गणतन्त्रमाथि प्रहार भइरहेको छ : ओली


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका अङ्गहरूको दुरुपयोग गरी लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्ने काम भइरहेको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै ओलीले सो कुरा बताएका हुन् । उनले भनेका छन्, ‘जनताको बलिदानीपूर्ण सङ्घर्षले स्थापित भएको लोकतान्त्रिक गणतन्त्रमाथि आज संविधानले परिभाषित गरेका राज्यका अङ्गहरूलाई दुरुपयोग गरी संविधान र प्रणालीको अतिरिक्त व्याख्या/अपव्याख्याद्वारा प्रहार गर्ने काम भइरहेको छ ।’

यसबाट मुलुकको दूरगामी यात्रालाई अलमल्याउँदै संविधान र संवैधानिक संस्थाहरूप्रतिको जनताको आस्थामा समेत चोट पुर्‍याएको ओलीको भनाइ छ ।

ओलीले शुभकामना सन्देशमा थप लेखेका छन्, ‘फलस्वरूप आज मुलुकको विकासका सम्पूर्ण कामहरूमा अल्पविराम लागेका छन् र केही वर्षयता सुरु भएको विकासको राष्ट्रिय बहको ठाउँ सत्ताशक्तिको अनुचित भागबण्डा, लेनदेन र राज्यस्रोतको दोहनले लिएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस