कर्मचारीको पोसाक नेपाली कपडाको हुनुपर्छ भन्ने घोषणा गर्न सरकार किन डराउँछ ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्मचारीको पोसाक नेपाली कपडाको हुनुपर्छ भन्ने घोषणा गर्न सरकार किन डराउँछ ?


१४ जेष्ठ २०७९, शनिबार


काठमाडौँ । नेकपा(एमाले)की सांसद नविना लामाले सरकारी कर्मचारीको पोसाक र कार्यालयका फर्निचर नेपाली सामग्रीबाट बनेको हुनुपर्ने अनिवार्य नीति ल्याउनुपर्ने बताएकी छन् ।

प्रतिनिधिसभाको शनिवारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा आफ्नो धारणा राख्दै सांसद लामाले जनताका समस्या समाधान गर्न र मुलुकका वर्तमान समस्याबाट पार पाउन ठोस योजना ल्याउनुपर्ने बताइन् ।

‘सरकारी कार्यालयमा प्रयोग हुने फर्निचर नेपाली हुनुपर्छ, कर्मचारीले लगाएको पोसाक नेपाली कपडाबाट बनेको हुनुपर्छ भन्ने घोषणा गर्न सरकार किन डराउँछ ?,’ उनका प्रश्न थिए, ‘केही न केही जोखिम नमोलीकन आमूल परिवर्तन हुन सम्भव छैन । हाम्रो जङ्गलमा काठ कुहिएर गएको छ, फर्निचर मलेसिया र चीनबाट मगाउनुपर्ने अवस्था छ । यस्तो अवस्था तोड्नुपर्छ, तोड्न सक्नुपर्छ’

मुलुकको अर्थतन्त्र कमजोर भइरहेको अवस्थालाई मध्यनजर गर्दै सरकारले जोखिम मोल्नुपर्ने बताउँदै उनले नीति तथा कार्यक्रममा सबै कुरा उल्लेख गरिएको तर मुख्य कुरा अहिलेको आर्थिक सङ्कटलाई कसरी तोड्ने भन्ने उल्लेख नभएको भनिन् ।

सांसद लामाले वर्तमान अवस्था र नीति तथा कार्यक्रम हेर्दा पत्याउन गाह्रो भएको समेत बताइन् । उनले सरकारले नीति तथा कार्यक्रममा बेरोजगारी कसरी अन्त्य गर्ने भन्ने मार्गचित्र प्रस्तुत नगरेको भनिन्। ‘सुशासन र पारदर्शीताको कुरा गरिएको छ । म चुनौती दिन चाहन्छु सुशासन र पारदर्शीताका लागि सबैभन्दा पहिला सरकारका मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्न सकियोस्‚ हिम्मत छ रु विगतमा सार्वजनिक हुँदै गरेको थियोस यस पटक किन भएन रु सरकारले सरकारी कार्यालयका फजुल खर्च कटौती गर्ने आँट गर्न सक्छ ?’ उनले भनिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस