२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउनुपर्छ : गगन थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले पेट्रोलियम पदार्थ माथिको निर्भरता घटाउनुपर्ने बताएका छन्।

शनिबार प्रतिनिधि सभा बैठकको नीति तथा कार्यक्रमको छलफलमा बोल्दै उनले पेट्रोलियम पदार्थ सबभन्दा धेरै आयात हुने र त्यसको असर नेपालको अर्थतन्त्रमा परिरहेको बताए।

‘पेट्रोलियम पदार्थ करिब १५ प्रतिशतभन्दा बढी आयातको हिस्सा भएको ठाउँमा र अन्तर्राष्ट्रिय बजार, त्यसको मूल्य, खुला सिमाना, हामीले चाहेर पनि त्यसको मूल्य केही गर्न नसकिने, यस्तो अवस्थामा हामीले पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउने महत्त्वाकाङ्क्षी सोच राख्नै पर्छ,’ उनले भने, ‘सरकारको नीति कार्यक्रममा परेको छ। तर यो सबै एक ठाउँमा राखेर प्रत्येक दिन, प्रत्येक घण्टा हाम्रो पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउने कुरा आजको सबैभन्दा ठुलो प्राथमिकता हुनुपर्छ। यो हाम्रो राष्ट्रिय सुरक्षासँग जोडिएको विषय पनि हो।’

त्यस्तै, नेपालमा सामानहरू आयात हुने क्रम हरेक वर्ष बढ्दै गएको पनि उनले बताए। जसकारण व्यापार घाटा पनि बढिरहेको उनले बताए।

‘हाम्रो आम्दानीको स्रोत सीमित छ। रेमिटेन्सबाट पैसा आउँछ, थोरै मात्रै वैदेशिक लगानी आएको छ, थोरै मात्र अनुदान आएको छ। हाम्रो खर्च यसरी नै हुँदै गयो भने यसको लागि कुनै रकेट साइन्स चाहिँदैन। हामीले सामान्य ढङ्गले घर चलाएको हेर्‍यौँ भने पनि आम्दानी थोरै खर्च धेरै भयो भने हामीले थेग्न सक्दैनौँ,’ उनले भने।

कतिपय देशलाई व्यापार घाटा ठुलो विषय नभए पनि नेपालको परिस्थिति अनुसार चिन्ताको विषय भएको उनले बताए।

‘नेपालको जुन खालको आर्थिक परिस्थिति छ हाम्रो लागि व्यापार घाटा सबैभन्दा ठुलो चिन्ताको विषय हो,’ उनले भने, ‘११ गुणा बढीले सामान आयात गरिरहेको अवस्था छ। यसको सबैभन्दा ठुलो हिस्सा पेट्रोलियम पदार्थको छ।’

प्रतिक्रिया दिनुहोस