दक्षिण कोरियामा नयाँ प्रतिनिधि चयन गर्न निर्वाचन « प्रशासन
Logo १३ आश्विन २०७९, बिहिबार
   

दक्षिण कोरियामा नयाँ प्रतिनिधि चयन गर्न निर्वाचन


१३ जेष्ठ २०७९, शुक्रबार


कोरियन भाषा

सोल । दक्षिण कोरियामा विभिन्न निकायमा प्रतिनिधि चयनका लागि शुक्रबार मतदान भएको छ ।

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार शुक्रबार स्थानीय तहको नेतृत्व, गभर्नर र स्थानीय परिषद् सदस्य चयनका लागि मतदान भएको हो ।

स्थानीय समय अनुसार शुक्रबार र शनिबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मतदान गर्न पाइने तय निर्वाचन आयोगले गरेको थियो । शुक्रबारको मतदान भइसकेको छ भने शनिबार पनि मतदान हुनेछ ।

कोरोना भाइरसबाट सङ्क्रमित भई क्वारेन्टाइनमा रहेकाहरूलाई शनिबार बेलुका ६:३० पछि साढे एक घण्टा समय निर्धारण गरिएको पनि आयोगले जनाएको छ ।

निर्वाचनका लागि देशभरी तीन हजार ५५१ ओटा मतदान केन्द्रहरु तोकिएको छ ।

आयोगका अनुसार अहिलेको निर्वाचनबाट १७ जना मेयर र प्रान्तीय गभर्नर निर्वाचित हुनेछन् । त्यसै गरी २२६ जना स्थानीय परिषद् प्रमुख र ८७२ जना नगर सदस्य तथा प्रान्तीय परिषद् सदस्यहरू चयन हुने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले स्थानीय परिषद् सदस्यका रुपमा दुई हजार ९८८ जनालाई छनौट गर्ने भएको छ भने सात सांसद पनि अहिलेको निर्वाचनबाट निर्वाचित हुने छन् ।

अहिले दक्षिण कोरियामा चार करोड ४३ लाख तीन हजार ४४९ जना मतदानका लागि योग्य रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस