चरित्रहत्या गर्ने प्रहरी जवान पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

चरित्रहत्या गर्ने प्रहरी जवान पक्राउ


१३ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । प्रहरीको साइबर ब्युरोले महिलाको चरित्रहत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

एक जना भने नेपाल प्रहरीका बहालवाला कर्मचारी रहेका छन् ।

विद्युतीय कारोबार ऐन २०६३ अन्तरगतको कसुर गरेको आरोपमा रौतहटका घर भई धनुषामा कार्यरत प्रहरी जवान कृष्णकुमार यादव र विराटनगर घर भएका मोहम्मद कसिमलाई धरान प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याइएको छ ।

यादवले युवतीलाई सामाजिक सञ्जालमा साथी बनाएर प्रलोभनमा पारी खिचिएका अन्तरङ्ग तस्वीहरू सामाजिक सञ्जालमा पोस्ट गर्ने, धम्क्याएर पीडितलाई मानसिक तनाव दिई चरित्र हत्यासमेत गरेको दाबी गरिएको छ ।

कसिममाथि सामाजिक सञ्जालमा नक्कली एकाउन्ट खोली युवतीको अन्तरङ्गका तस्बिर विभिन्न व्यक्तिलाई पठाइ चरित्र हत्या गरेको आरोप छ ।

काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीहरुमाथि अनुसन्धान जारी रहेको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले आज एक विज्ञप्ति जारी गरी जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस