२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुस् : उपसभापति खड्का

अ+ अ-

चितवन । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न निर्देशन दिएका छन् ।

काँग्रेस चितवनले आज यहाँ आयोजना गरेको निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा उनले जनप्रतिनिधि व्यक्तिगत स्वार्थमा लाग्दा पार्टी र जनतालाई घाटा हुने बताए ।

उनले भने, ‘२०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि आफ्नो स्वार्थमा लागेर सेवा सुविधातर्फ मात्रै केन्द्रित भएको गुनासो छ । यस्ता गुनासा नआउने गरी काम गर्नुस् ।’ स्थानीय जनप्रतिनिधिका आधारमा जनताले आफ्नो राय बनाउने भन्दै उनले काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले काँग्रेसको घोषणापत्र र विचार बोकेर काम गर्नुपर्ने बताए ।

देशमा दिगो शान्ति कायम गर्नका लागि काँग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने भन्दै उनले यसका लागि स्थानीय सरकारको कामको मूल्याङ्कनबाट मात्रै सम्भव हुने बताए । पदमा पुगेर काम नगर्ने परिपाटीले समस्या आउने गरेको उनको भनाइ थियो । काँग्रेसबाट टिकट पाएर पराजित भएका प्रत्याशीले छायाँ सरकारको रुपमा काम गर्नुपर्ने बताए । उनले भने, ‘निर्वाचन हारेपछि सुत्नका लागि कांग्रेससले टिकट दिएको होइन । अझै सक्रियता बढाउनुपर्छ, जसले गर्दा विकासमा आफ्नो पनि भूमिका देखियोस् ।’ पाँच वर्षसम्म स्थानीय तहको निगरानी र खबरदारी आवश्यक रहेको उनको भनाइ थियो ।

फरक प्रसङ्गमा बोल्दै उपसभापति खड्काले अहिलेको गठबन्धनबाटै प्रदेश र सङ्घीय निर्वाचन हुने बताए । उनले थपे, ‘यही गठबन्धनबाटै प्रदेश र सङ्घीय निर्वाचन गरेर दुई तिहाइ बहुमत ल्याउनुपर्छ ।’ गठबन्धनबाट निर्वाचन गरेर काँग्रेसलाई पहिलो शक्ति बनाउने उनले बताए । स्थानीय तहको निर्वाचनमा देखिएको कमजोरी सबैले स्वीकार गर्दै आगामी कार्यक्रम बनाउनु पर्ने बताए ।

सो अवसरमा काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टीको कार्यशैलीमा परिवर्तन आवश्यक रहेको बताए । उनले भने, ‘निर्वाचित जनप्रतिनिधि र पार्टीबीच समन्वय गर्नुपर्ने हुन्छ ।’ गठबन्धनको निर्णयलाई असर गर्ने अभिव्यक्ति नदिन काँग्रेस नेता कार्यकर्तालाई उनले आग्रह गरे ।

केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले जनप्रतिनिधि आफू खुसी चल्ने परिपार्टीले पार्टीलाई क्षति पुग्ने बताए ।

सो अवसरमा काँग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, काँग्रेसका जिल्ला उपसभापति राजिव न्यौपाने, महासमिति सदस्य गीता देवकोटा, जनप्रतिनिधि भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, भरतपुर महानगरपालिका–१५ का अध्यक्ष श्रीकृष्ण देवकोटा लगायतले नवनिर्वाचित प्रतिनिधि महानगरको विकासमा लाग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस