काभ्रेको पाँचखालमा विषादी छर्न ड्रोनको परीक्षण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काभ्रेको पाँचखालमा विषादी छर्न ड्रोनको परीक्षण


१३ जेष्ठ २०७९, शुक्रबार


काभ्रे । काभ्रेको पाँचखालमा विषादीको औषधी छर्न ड्रोनको परीक्षण गरिएको छ ।

पाँचखाल नगरपालिकाको समन्वयमा मुक्ति कृषि कम्पनीले पाँचखालको फाँटमा ड्रोनबाट औषधी, निमजन्य विषादी, मललगायत घुलनशील पदार्थ छर्ने परीक्षण गरिएको हो ।

१६ लिटर क्षमताको ड्रोनले एक पटकमा १६ रोपनी जग्गामा विषादी छर्ने मुक्ति कृषि कम्पनीका प्राविधिक सागर पाण्डेले जानकारी दिए ।

यसलाई ‘अटोमेटिक’ रुपमा पनि सञ्चालन गर्न सकिने तथा नियन्त्रणमा राखेर पनि सञ्चालन गर्न सकिने पाण्डेको भनाइ छ । पाण्डेका अनुसार सेन्सरसहितको यो ड्रोनलाई रुख, तारले कुनै असर गर्दैन ।

पाँचखाल नगरप्रमुख महेश खरेलले कृषिलाई यान्त्रीकरण गर्दै लैजाने प्रयास स्वरुप परीक्षणको रुपमा ड्रोनबाट औषधी, निमजन्य विषादी र मल छर्कने कार्यको परीक्षण गरिएको जानकारी दिए ।

‘पहिलो चरणमा सफल हुन्छ कि हुँदैन भनेर परीक्षण गर्‍यौँ,’ उनले भने, ‘यसबाट कृषकको पक्षमा हुन्छ कि हुँदैन, कृषकको स्वास्थ्यमा असर पर्छ कि पर्दैन र आर्थिक रुपमा कृषकलाई कति बचत हुन्छ त्यसको अध्ययन गरेर नगरपालिकाले कृषकलाई सहयोग गर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस