२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संयुक्त निर्वाचन सञ्चालन केन्द्र बन्द

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि स्थापित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) का कार्य बन्द गरेको छ ।

गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट एकाधबाहेक सबै पालिकाको मत परिणाम प्राप्त भइसकेकाले सो केन्द्रका कार्यहरु बन्द गरिएको हो ।

निर्वाचन आचारसंहिता तथा अन्य गतिविधि सूक्ष्मरुपले अनुगमन तथा मूल्याङ्कन गर्न आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलको संयोजकत्वमा गठित केन्द्रमा गृह र रक्षा मन्त्रालयका साथै सुरक्षा निकायका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतको प्रतिनिधित्व थियो ।

आयोगको कान्तिपथस्थित कार्यालयमा खडा गरिएको केन्द्रको सचिवालयमा आज आयोजित समीक्षा बैठकमा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन केन्द्रमा रहेका प्रतिनिधि र कर्मचारीले महत्त्वपूर्ण कार्य गरेकामा प्रशंसा गरे ।

आयोगका सचिव गोकर्णमणि दुवाडीले केन्द्रले दिने प्रतिवेदन र सुझावका आधारमा आगामी निर्वाचनमा थप प्रभावकारीरुपमा काम गर्न सकिने बताए ।

गत वैशाख १० गते प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो केन्द्र शुभारम्भ गरेका थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय र अन्य निकायले पेस गरेको समस्या समाधान गर्न आवश्यक व्यवस्था मिलाउने र निर्वाचन सुरक्षा तथा निर्वाचन हिंसाका घटना तथा परिघटना सङ्कलन एवं विश्लेषण, रोकथाम र समाधान गर्न उपयुक्त कदम चाल्न आयोगका साथै सम्बन्धित निकायमा सुझाव पेस गर्ने जिम्मेवारी उक्त केन्द्रले पाएको थियो ।

निर्वाचन व्यवस्थापनसम्बन्धी सूचना सङ्कलन, प्रशोधन र विश्लेषण अद्यावधिक गर्ने तथा दैनिक प्रतिवेदनसम्बन्धी काम केन्द्रले गरेको थियो । केन्द्रमा काजमा रहेका अधिकारी र कर्मचारीलाई यही जेठ १६ गतेदेखि लागू हुने गरी काज फिर्ता गरिएको आयोगले जनाएको छ ।

बुलेटिन बन्द

आयोगले गत वैशाख १ गतेदेखि प्रकाशन गरेको स्थानीय तह निर्वाचन ई बुलेटिनको प्रकाशन आजैदेखि बन्द गर्नाका साथै यसै सातादेखि नियमित पत्रकार भेटघाटको कार्यक्रम पनि स्थगन गरेको छ ।

प्रतिक्रिया दिनुहोस