बैतडीमा विद्युतीय राहदानी सेवा सुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बैतडीमा विद्युतीय राहदानी सेवा सुरु


१३ जेष्ठ २०७९, शुक्रबार


बैतडी । जिल्ला प्रशासन कार्यालयले पहिलोपटक विद्युतीय राहदानी ई–पासपोर्ट सेवा सुरु गरेको छ ।

एमआरपी राहदानी विस्थापित गरेर विद्युतीय राहदानी सुरु गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

ई–पासपोर्ट सेवा जिल्लामै सुरु भएपछि धेरै समय पर्खिनुपर्ने र राहदानी बनाउन काठमाडौँ जानुपर्ने यहाँका नागरिकको बाध्यता हटेको हो ।

अब वैदेशिक रोजगारीमा जानेले जिल्ला प्रशासन कार्यालयमा तीन हप्ताभित्र राहदानी पाउने र विद्युतीय राहदानी ई–पासपोर्ट बनाउनेले रु पाँच हजार शुल्क तिर्नुपर्नेछ ।

यस्तै विद्युतीय राहदानी ई–पासपोर्टका लागि घरबाटै पनि फर्म भर्न सकिने जनाइएको छ ।

राहदानी बनाउन तीन महिना लाग्ने गरेकामा अब भने तीन हप्तामै जिल्लामा राहदानी आइपुग्ने भएको हो ।

यहाँबाट काठमाडौँ गएर राहदानी बनाउनुपर्दा जिल्लावासीलाई निकै अप्ठ्यारो र सारै खर्चिलो हुने गरेकामा अब राहत मिलेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यहाँ गत मङ्सिर २ गतेदेखि एमआरपी राहदानी बनाउन बन्द गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस