पूर्वी टिमोरमा ६.१ म्याग्निच्युडको भूकम्प, सुनामी चेतावनी जारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पूर्वी टिमोरमा ६.१ म्याग्निच्युडको भूकम्प, सुनामी चेतावनी जारी


१३ जेष्ठ २०७९, शुक्रबार


डिली । पूर्वी टिमोरको तटीय क्षेत्रमा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ ।

यद्यपि क्षतिको तत्काल विस्तृत विवरण भने आएको छैन । यस भूकम्पले हिन्द महासागर क्षेत्रमा सुनामी उत्पन्न गर्न सक्ने सुनामी सल्लाहकार समूहले जानकारी दिएका छन् ।

पूर्वी टिमोर र इन्डोनेसियाबीचमा विभाजित टिमोर टापुको पूर्वी सिराबाट ५१.४ किलोमिटर गहिराइमा भूकम्प गएको यूएसजीएसले जनाएको छ ।

पूर्वी टिमोरको राजधानी डिलीमा एएफपी समाचार समितिका एक पत्रकारले भूकम्पको धक्का महसुस गरेको, तर मानिसहरू सामान्य रूपमा आफ्नो गतिविधिमा गएका बताएका छन् ।

सन् २००४ मा सुमात्राको तटीय क्षेत्रमा गएको ९.१ म्याग्नीच्युडको भूकम्पले इन्डोनेसियाका एक लाख ७० हजार नागरिकलगायत दुई लाख २० हजार व्यक्तिको मृत्यु भएको थियो ।

तेह्र लाख जनसङ्ख्या भएको पूर्वी टिमोर दक्षिणपूर्व एसियाको सबैभन्दा कान्छो देश हो । यस देशले हालै मात्र इन्डोनेसियाबाट स्वतन्त्र भएको आफ्नो २० औँ वार्षिकोत्सव मनाएको छ ।

अधिकांश ग्रामीण क्षेत्र रहेको यस देशको अर्थतन्त्र कोभिड–१९ को महामारीले नराम्ररी प्रभावित भएको छ ।

विश्व बैङ्कले ४२ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस