मन्त्री झाँक्रीको प्रश्न : सर्वोच्चले कुन आधारमा टेकेर निजगढ विमानस्थलबारे निर्णय गर्‍यो ? « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

मन्त्री झाँक्रीको प्रश्न : सर्वोच्चले कुन आधारमा टेकेर निजगढ विमानस्थलबारे निर्णय गर्‍यो ?


१३ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निजगढ विमानस्थल नबनाउनु भन्ने सर्वोच्चको आदेश प्रभावमा परेर गरेको निर्णय भएको आरोप लगाएकी छन् ।

शुक्रबार नयाँ सहर युटिलिटी कोरिडोर तथा शहरसँग सम्बन्धित कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् । उनले सर्वोच्चले गरेको यो निर्णय कुन आधारमा टेकेर गरेको निर्णय हो भन्दै प्रश्न गरिन् ।

मन्त्री झाँक्रीले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार संसदमा गरेको सम्बोधनमाथि पनि प्रश्न उठाइन् । उनले अध्यक्ष ओलीले गरेको सम्बोधनको कुनै तुक नरहेको टिप्पणी गरिन् । मन्त्री झाँक्रीले गफले मात्रै देशको समृद्धि हुन नसक्ने भन्दै साढे तीन घण्टा बोल्न आफूले पनि सक्ने बताइन् । उनले कुर्सीमा बसेर अध्यक्ष ओलीले गरेको सम्बोधनप्रति लक्षित गर्दै आफू बोलरै आएको हुनाले साढे तीन घण्टा बोल्न कुनै गाह्रो नभएको र कुर्सीमा नबसीकनै बोल्न सक्ने भन्दै व्यङ्ग्य गरिन् ।

मन्त्री झाँक्रीले नीति नियमको दुरुपयोगका कारण चक्रपथ बाहिरको सडक नबनेको दाबी गरिन् । उनले बन्चरे डाँडामा फोहोर फाल्न नदिने काम काठमाडौँबासीले नै त्यहाँको जग्गा किनेर स्थानीयहरूलाई उचालेको आरोप लगाइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस