झापामा रासायनिक मलको अभाव « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

झापामा रासायनिक मलको अभाव


१३ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । धान रोप्ने बेलामा रासायनिक मलको अभाव हुँदा झापाका किसान समस्यामा परेका छन् । हरेक खेतीको समयमा मलको अभाव भोग्दै आएका उनीहरूलाई यस वर्षको पनि धान खेतीका लागि पनि मल अभाव भएको हो ।

धान रोप्दा छर्ने डीएपी मल जिल्लामा अभाव भएको जनाइएको छ । रासायनिक मलको भरपर्दो विकल्प नहुनु र आवश्यक पर्दा खरिद गर्नसमेत मल नपाउँदा किसानले बर्सेनि मलको समस्या झेल्नुपरेको झापा कमल-६ का अगुवा किसान ख्याम आचार्यले बताए । यो वर्षसमेत धान रोप्ने समय हुँदा पनि डीएपी मल पाउन नसकेको उनको भनाइ छ ।

कमल गाउँपालिकाका लागि एक हजार बोरा डीएपी मल कोटामा छुट्टिएको गाउँपालिका कृषि शाखाले जनाएको छ । शाखा प्रमुख महेन्द्र बोहराले कृषि सामग्री कम्पनीबाट प्राप्त हुने सो मल विभिन्न सहकारी संस्थामार्फत किसानलाई उपलब्ध गराइने जानकारी दिए । तर, सहकारी संस्थाले मागका तुलनामा न्यून परिमाणको मल वितरण गर्न कठिन हुने कमल-६ स्थित लखनपुर साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक टङ्क पराजुलीले बताए ।

उनले धान रोपाइका बेला उच्च माग हुने डीएपी न्यून परिमाणमा आएका कारण किसानको माग थेग्नसमेत कठिन भएको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस