२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्ता पक्षले प्रतिपक्षलाई संवादहीनताको अवस्थामा राखेर पेल्ने काम गरेको छ : अध्यक्ष ओली

अ+ अ-

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षले प्रतिपक्षलाई सिध्याउन भन्दै राज्य संयन्त्रको दुरुपयोग गरेको बताएका छन् ।

आज (बिहीबार) प्रतिनिधि सभामा सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै ओलीले सत्ता पक्षले प्रतिपक्षलाई पेल्ने काम गरेको बताएका हुन् ।

चुनावमा जित-पराजित स्वाभाविक कुरा भए पनि सत्ता पक्षले एमालेलाई सिध्याउँछु भनेर लागेको उनको आरोप थियो ।

‘सत्ता पक्षले यस पार्टीलाई सिध्याउँछु भन्छ, सिध्याउँछु भन्ने हक कहाँबाट आयो ? चुनावमा जित-पराजय एउटा कुरा हो, पराजय भोगाउँछौँ, हामी जित्छौँ भन्न सकिन्छ तर सिध्याउँछौँ समाप्त पारिदिन्छौँ, धूलो चटाइदिन्छौँ, गायब पारिदिन्छौँ, टर्च बालेर खोज्न पर्छ भन्ने । टर्च बालेर नि भेटिँदैन होला होइन,’ उनले भने ।

नेकपा एमाले सशक्त प्रतिपक्ष भएको र छिट्टै सरकारमा आउन सक्ने पनि ओलीले बताए । अपोजिसनलाई जहिले पनि गभर्नमेन्ट इन वेटिङ भनिन्छ । नेकपा एमाले सैद्धान्तिक तवरमा मात्रै गभर्नमेन्ट इन वेटिङ होइन नेकपा एमाले इन द रियल सेन्स गभर्नमेन्ट इन वेटिङ हो । अनेक हिसाबले षड्यन्त्रस्वरूप यसलाई बाहिर राखिएको होला । एमाले लोकतन्त्रको समुद्रमा पौडी खेल्न जान्ने पार्टी हो पौडी खेलेर आएको छ । अनेक दाउपेचबाट होइन । पौडी खेलेरै यहाँसम्म आएको छ, उनले भने ।

प्रतिपक्षलाई संवादहीनताको अवस्थामा राखेर पेल्ने काम गरिएको उनले बताए । विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता गर्दा प्रतिपक्षसँग छलफल गरिएको छैन । प्रतिपक्षलाई संवादहीनताको अवस्थामा राखेर पेल्ने काम गरिएको छ, उनले भने । त्यस्तै प्रतिपक्षविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गरिएको पनि उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस