निर्वाचन आयोगले टुङ्ग्याउन सकेन बूढीगंगा नगरपालिकाको विवाद « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

निर्वाचन आयोगले टुङ्ग्याउन सकेन बूढीगंगा नगरपालिकाको विवाद


१२ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । निर्वाचन आयोगले बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान कि मतगणना भन्ने निर्णय गर्न सकेको छैन ।

आयोगका आयुक्त सगुनशम्शेर जबरा नेतृत्वको उच्चस्तरीय अध्ययन टोलीले प्रतिवेदन बुझाएको भने साता दिन हुन लाग्दासमेत आयोगले निर्णय लिन सकेको छैन ।

३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा एमालेले बुथ कब्जा गरेको भन्दै फेरि मतदानको पक्षमा काँग्रेस नेता, कार्यकर्ताहरू छन् । तर, एमाले नेता, कार्यकर्ताहरू भने बुथ कब्जा नभएको र धाँधली नभएको भन्दै मतगणनाको पक्षमा छन् ।

मतदानका क्रममा केही क्षेत्रहरूमा एमाले र काँग्रेसले बुथ कब्जा गरेको स्थानीयले बताउँदै आएका छन् ।

दलहरूबिच मतगणना कि फेरि मतदानको विषयमा सहमति नहुँदा मतदान भएको दुई साता हुँदा पनि मतगणना भएको छैन । यससँगै आफ्नो मतको परिणाम सुन्न पाएको भन्दै स्थानीयहरू दुःखी छन् । देशभरिको नतिजा सार्वजनिक भयो तर हामीले हालेको भोट के भयो भन्ने जानकारी अझै छैन, एक स्थानीयले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस