काठमाडौँ । चिकित्सा शिक्षा आयोगले विज्ञ रोष्टरमा सूचीकृत हुन आह्वान गरेको छ ।
आयोगले एक सूचना जारी गर्दै विभिन्न तह तथा विषय अध्ययनका लागि लिइने एकीकृत प्रवेश परीक्षाको कामका लागि विज्ञको आवश्यकता भएको जनाएको छ ।
रोष्टरमा सूचीकृत भएका विज्ञले एकीकृत प्रवेश परीक्षाको प्रश्न पत्र बनाउने र उत्तर कुञ्जीका निर्माण तथा यस सम्बन्धी अन्य कार्य गर्नुपर्ने छ ।
हेर्नुहोस् आयोगको सूचना

