‘मानवअधिकार संरक्षण गर्न चीन प्रतिबद्ध छ’ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

‘मानवअधिकार संरक्षण गर्न चीन प्रतिबद्ध छ’


११ जेष्ठ २०७९, बुधबार


बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले बुधबार संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्त मिशेल बाचेलेटसँग भिडियो लिङ्कमार्फत भेटवार्ता गरेका छन् ।

ब्याचेलेटलाई चीनमा स्वागत गर्दै राष्ट्रपति सीले चीनको मानवअधिकारको विकाससँग सम्बन्धित प्रमुख मुद्दाहरूको बारेमा विस्तृत रूपमा व्याख्या गरे । उनले चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) र चिनियाँ सरकार मानवअधिकार संरक्षण गर्न प्रतिबद्ध रहेको बताए ।

चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो स्थापनाकालदेखि नै चिनियाँ जनताको खुसी र चीनको पुनरुत्थानलाई केन्द्रमा राखेको उनले बताए । चिनियाँ कम्युनिस्ट पार्टीले सय वर्षभन्दा बढी समयदेखि जनताको हितमा काम गर्ने प्रयास गरेको पनि राष्ट्रपति सीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस