काठमाडौँ उपत्यकाका लागि प्राधिकरणद्वारा कल सेन्टर सञ्चालन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँ उपत्यकाका लागि प्राधिकरणद्वारा कल सेन्टर सञ्चालन


११ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाका ग्राहकहरूको सहजताका लागि कल सेन्टर सञ्चालनमा ल्याएको छ ।

विद्युत् सेवा आपूर्तिसम्बन्धी गुनासो तथा सूचना एवं जानकारीहरू एकै स्थानबाट आदान–प्रदान गर्न सकिने गरी पहिलो चरणमा काठमाडौँ उपत्यका भित्रका ग्राहकहरूका लागि छुट्टै कल सेन्टर सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ ।

११५० नम्बरको कल सेन्टरमा ग्राहकले प्राधिकरणसँग सम्बन्धित गुनासो टिपाउन सकिने छ । उक्त कल सेन्टर २४ नै घण्टा सञ्चालनमा रहने प्राधिकरणले जानकारी दिएको छ ।

अतः काठमाडौँ उपत्यकाभित्र विद्युत् आपूर्ति सम्बन्धी कुनै समस्या, सूचना तथा गुनासो भएमा विद्युत् प्राधिकरणको हटलाइन ११५० मा फोन सम्पर्क गरी अङ्क १ डायल गरेर कल सेन्टरमा जानकारी गराई सेवाको लाभ लिन सकिने प्राधिकरणले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस