उत्तर कोरियाले तीन ब्यालेस्टिक क्षेप्यास्त्र हानेको दक्षिण कोरियाको दाबी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

उत्तर कोरियाले तीन ब्यालेस्टिक क्षेप्यास्त्र हानेको दक्षिण कोरियाको दाबी


११ जेष्ठ २०७९, बुधबार


सोल । उत्तर कोरियाली सरकारले तीन ओटा ब्यालेस्टिक क्षेप्यास्त्र हानेको दाबी दक्षिण कोरियाले गरेको छ ।

दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफले सो कुरा बताएको हो । दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफले दिएको जानकारीअनुसार प्योङयाङको सुनान क्षेत्रमा यी क्षेप्यास्त्र हानेको पाइएको बताएको छ ।

बुधबार बिहान ६ः३७ देखि ६ः४२ सम्म ती क्षेप्यास्त्र हानेको पाइएको समाचारमा जनाइएको हो । बुधबार बिहान प्रहार गरेका यी तीन ब्यालेस्टिक क्षेप्यास्त्रसहित उत्तर कोरियाली सरकारले १७ औँ पटकसम्म क्षेप्यास्त्र हानेको पनि दक्षिण कोरियाली सरकारले जनाएको छ ।

दक्षिण कोरियाली समाचार समिति योनहापले उत्तर कोरियाबाट यी क्षेप्यास्त्रहरु प्रहार हुनसक्ने अनुमान भइरहेका बेला ती क्षेप्यास्त्र परीक्षण भएको पाइएको बताइएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको दक्षिण कोरिया र जापानमा भएको भ्रमणको एक दिनपछि उत्तर कोरियाले यो क्षेप्यास्त्र हानेको पाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस