२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेका आठ स्थानीय तहमा कार्यपालिका गठन हुँदै

अ+ अ-

नेपालगन्ज । बाँकेका आठ स्थानीय तहमा कार्यपालिका गठन सुरु भएको छ । मतगणनाको अन्तिम परिणाम घोषणा भएसँगै कार्यपालिका सदस्य छनोटका लागि निर्वाचन गराउन लागिएको मुख्य निर्वाचन कार्यालय, नेपालगन्जका प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए ।

उनले कार्यपालिका सदस्य निर्वाचनका लागि सम्बन्धित पालिकामा सम्बन्धित निर्वाचन अधिकृतले निर्वाचन गर्ने उल्लेख गर्दै कार्यपालिका गठनपछि जिल्ला समन्वय समितिको निर्वाचन समेत हुने जानकारी दिए ।

कार्यपालिका सदस्य निर्वाचनका लागि सम्बन्धित स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका तथा जानकी र राप्ती सोनारी गाउँपालिकामा आज मनोनयन हुन लागेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

खजुरामा यही जेठ १२ गते मनोनयन र १७ गते मतदान, राप्तीसोनारीमा ११ गते मनोनयन र १६ गते मतदान, बैजनाथमा १२ गते मनोनयन र १६ मतदान हुने भएको छ ।

यस्तै नेपालगन्जमा आज मनोनयन र १६ गते मतदान, नरैनापुरमा १७ गते मनोनयन र २० गते मतदानको कार्यतालिका सार्वजनिक भएको कार्यसूची छ । कोहलपुरमा १९ गते हुने छ ।

डुडुवा गाउँपालिकामा मङ्गलबार नै मनोनयन दर्ता भएको छ । कार्यपालिका सदस्यमा वडामा निर्वाचित भएका महिला सदस्यमध्येबाट तथा सीमान्तकृत–अल्पसङ्ख्यक र दलित समुदायबाट निर्वाचित गर्ने व्यवस्था छ ।

कार्यपालिका सदस्यको निर्वाचनमा नवनिर्वाचित पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यले मतदान गर्नेछन् । कार्यपालिका सदस्य निर्वाचित भएपछि मात्र स्थानीय सरकारले पूर्णता पाउने छ ।

प्रतिक्रिया दिनुहोस