थप तीन देशमा फैलियो मङ्कीपक्स भाइरस « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

थप तीन देशमा फैलियो मङ्कीपक्स भाइरस


११ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मङ्कीपक्सको केस रेकर्ड गर्ने पहिलो खाडी मुलुक बनेको छ । चेक गणतन्त्र र स्लोभेनियाले पनि मङ्गलवार आफ्नो पहिलो केस रिपोर्ट गरेका छन् । अफ्रिका बाहिर १८ अन्य देशहरूमा यो भाइरस फैलिसकेको छ ।

त्यो सङ्ख्या अझै बढ्ने अपेक्षा गरिएको छ, तर विज्ञहरूले भने सामान्य जनसङ्ख्याको लागि समग्र जोखिम कम रहेको बताएका छन्।

युरोप, अस्ट्रेलिया र अमेरिकामा भाइरसको प्रकोप भेटिएको छ। यसका लक्षणहरूमा अक्सर ज्वरो र शरीरमा दागहरू समावेश हुन्छन् । तर सङ्क्रमण सामान्यतया हल्का हुन्छ। युएईका स्वास्थ्य अधिकारीहरूका अनुसार हालसालै पश्चिम अफ्रिका भ्रमण गरेका एक यात्रीमा यसको सङ्क्रमण देखिएको र अहिले उनको उपचार भइरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस