२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मूल्यवृद्धि फिर्ता गर्न उद्योगमन्त्रीसमक्ष ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । १५ विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुलाई आज मन्त्रालयमा भेटि ती विद्यार्थी सङ्गठनले ध्यानाकर्षण पत्र बुझाउँदै पेट्रोलियम पदार्थ र ग्यासमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका हुन् ।

मन्त्री बडुले अहिले नै मूल्यवृद्धि फिर्ता गर्नका लागि केही भन्न नसक्ने र मूल्यवृद्धिका सम्बन्धमा आज छलफल गरिने बताउनुभएको वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनका अध्यक्ष राजेश्वरी सुवेदीले जानकारी दिइन्।

विद्यार्थी सङ्गठनले मन्त्रालय र संयुक्त विद्यार्थी सङगठनबीच विगतमा भएको सहमति कार्यान्वयन गरी एलपी ग्यास र मट्टितेलमा विद्यार्थीहरुलाई सहुलियतको मागसमेत गरेका छन् ।

यस्तै विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा विभिन्न बहानामा लगाइएको अत्याधिक कर बारे पुनर्विचार गर्नुपर्ने, वैकल्पिक ऊर्जाको खोज अनुसन्धान र प्रयोगका लागि कार्यदल गठन गरी काम गर्नुपर्ने, पेट्रोलियम पदार्थमा भएको एकाधिकार खारेज गरी खुला प्रतिस्पर्धाबाट आपूर्ति गर्न माग गरेका छन् ।

पेट्रोलियम पदार्थको कच्चा तेल प्रशोधन केन्द्र स्थापना गर्न कुनै पनि बहानामा सरकारको स्वामित्वमा रहेको नेपाल आयल निगमलाई निजीकरण गर्ने विषयमा गम्भीरतापूर्वक सोच्नसमेत आग्रह गरेका छन् ।

यस्तै विद्यार्थी सङ्गठनले भोलि जेठ ११ गते पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेपाल आयल निगम घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।

आयल निगमले गत वैशाख ३१ गते पेट्रोलियम पदार्थमा प्रति लिटर १० रुपैयाँ तथा पुनः जेठ ८ गते पेट्रोलियम पदार्थमा प्रति लिटर १० रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डरमा रु २०० वृद्धि गरेको थियो ।

नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (छैटौँ), समाजवादी विद्यार्थी युनियनलगायतका १५ विद्यार्थी सङ्गठनले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

यसैबीच नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घले पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आज दिउँसो माइतीघरमा प्रदर्शन गर्ने जनाएको छ । साथै, विभिन्न सङ्घसंस्थाले पनि मूल्य वृद्धिको विरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस