क्यानडामा आँधीबाट १० जनाको मृत्यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

क्यानडामा आँधीबाट १० जनाको मृत्यु


१० जेष्ठ २०७९, मंगलबार


आटावा । क्यानडामा आँधीबाट कम्तीमा पनि १० जनाको ज्यान गएको छ । क्यानडाको ओन्टरियो र क्वेबेकमा आँधी आएको बताइएको थियो ।

सो आँधीबाट आइतबार र सोमबार १० जनाको ज्यान गएको यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यहाँ प्रति घण्टा १२० किलोमिटरको गतिमा आँधी आएको थियो । त्यस आँधीमा परेर यहाँका भौतिक संरचनाहरु पनि भत्किएका छन् ।

यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार आँधीमा परेर दशौँ हजार मानिस विद्युतविहीन भएर बसेका छन् ।क्यानडाको धेरै जनसंख्या भएको सहर मानिने ओन्टोरियोमा आँधीले रुखहरु ढालेको छ भने यहाँको विद्युत् आपूर्तिमा पनि क्षति पुर्‍याएको बताइएको छ ।

ओन्टोरियाको विद्युतीय आपूर्ति बन्द हुँदा यहाँका कम्तीमा पनि ३ लाख ८० हजार जति नागरिक अँध्यारोमा परेका बताइएको छ । आँधीका कारण यहाँको जनजीवन नराम्ररी प्रभावित भएको बताइएको छ । यहाँ सन् १९९८ पछि यो पहिलो पटक आँधीले यति धेरै असर पारेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस