मुचुल्काभन्दा बढी मतपत्र भेटिएपछि फतुवा विजयपुरमा मत गणना स्थगित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मुचुल्काभन्दा बढी मतपत्र भेटिएपछि फतुवा विजयपुरमा मत गणना स्थगित


१० जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । रौतहटको फतुवा विजयपुर नगरपालिकामा मुचुल्काभन्दा ४१ वटा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित गरिएको छ । बढी मतपत्र भेटिएपछि पुनः मतदानको माग गर्दै नेकपा एमाले र नेकपा माओवादीले मतगणनास्थल बाहिर विरोध प्रदर्शन गरेका छन् ।

फतुवा विजयपुर नगरपालिका-३ को मेवा गाउँको बुथमा मतदान अधिकृतले मुचुल्का उठाएर पठाएको तथ्यांकभन्दा ४१ वटा बढी मतपत्र फेला परेको प्रमुख निर्वाचन अधिकृत नारायणप्रसाद वाग्लेले बताए ।

निर्वाचन आयोगले बाकसमा खसेको मतलाई सदर मानेर गणना जारी राख्न निर्देशन दिएकाले आफूले मतगणना जारी राखेको वाग्लेको भनाइ छ ।

नेकपा माओवादीका मेयरका उम्मेदवार अजय तिमल्सिनाले नेपाली काँग्रेसले सेटिङमा धाँधली गरेको आरोप लगाएका छन् । नेकपा एमालेका मेयरका उम्मेदवार विजय यादवले नेपाली काँग्रेसले स्थानीय प्रहरी प्रशासनको आडमा धाँधली गरेको भन्दै मेवा गाउँमा पुनः मतदान गर्नुपर्ने माग राखेका छन् ।

पुनः मतदानको माग गर्दै एमाले र माओवादीका मतगणनास्थलमा रहेका प्रतिनिधिहरू निस्केको माओवादीका मेयरका उम्मेदवार तिमल्सिनाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस