नबिल बैङ्कको सिइओमा ज्ञानेन्द्र ढुङ्गाना नियुक्त « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नबिल बैङ्कको सिइओमा ज्ञानेन्द्र ढुङ्गाना नियुक्त


१० जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । नबिल बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा ज्ञानेन्द्र ढुङ्गाना नियुक्त भएका छन्।

नबिल बैङ्कमा बङ्गलादेश बैङ्क मर्ज गराउन प्रमुख भूमिका निर्वाह गरेका ढुङ्गानालाई नबिल बैङ्कको सञ्चालक समितिले सीईओमा नियुक्त गरेको हो।

ढुङ्गानाको कार्यकाल आगामी १७ असारदेखि लागू हुने छ। यसअघि ढुङ्गानाले नेपाल बङ्गलादेश बैङ्कमा १० वर्षसम्म सिइओ भएर काम गरेका थिए। नबिल बैङ्कका वर्तमान सिइओ अनिल केशरी शाहको कार्यकाल सकिन लागेकोले ढुङ्गानालाई नबिल बैङ्कले सिइओ नियुक्त गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस