गड्डाचौकी नाका तीन दिन बन्द हुने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गड्डाचौकी नाका तीन दिन बन्द हुने


१० जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । भारतको उत्तराखण्डको चम्फावत विधानसभा क्षेत्र ५५ को उपनिर्वाचनका लागि पश्चिमी सीमानाका गड्डाचौकी बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीका अनुसार यही जेठ १४ गते बेलुकी ५ बजेदेखि जेठ १७ गते बेलुकी ५ बजेसम्मका लागि सीमानाका बन्द हुने भएको हो ।

गड्डाचौकीलगायत भारतको चम्फावत जिल्लासँग जोडिएका क्षेत्रहरूको सीमानाका बन्द हुने उनले बताए । सो अवधिमा स्वास्थ्योपचार लगायत अन्य अत्यावश्यक सेवाका लागि भने अनुमति प्राप्त हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस