चरासँग ठोक्किएको जजिराको विमानमा प्राविधिक समस्या देखिएन ,उडान भर्ने तयारी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

चरासँग ठोक्किएको जजिराको विमानमा प्राविधिक समस्या देखिएन ,उडान भर्ने तयारी


९ जेष्ठ २०७९, सोमबार


रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा चरासँग ठोक्किएर उडान भर्न नसकेको जजिरा एयरको विमान प्राविधिक चेकजाँचपछि उडान भर्ने तयारीमा छ ।

आज (सोमबार) बिहान २ बजे कतारबाट १२१ जना यात्रु लिएर आएको यो विमान अवतरणका क्रममा चरासँग ठोक्किएको पाइलटको आशङ्कापछि तत्काल ३८ यात्रु लिएर फर्कन रोकिएको थियो ।

सम्बन्धित समाचार : चरा ठोक्किएपछि भैरहवामा जजिरा एयरलाइन्सको जहाज होल्ड

विमानको नोज र इन्जिन नजिक रगत देखिएको तर चरा नदेखिएपछि काठमाडौँबाट प्राविधिक आएर चेकजाँच गरेका हुन् ।

काठमाडौँबाट आएको प्राविधिकको टोलीले चेकजाँच गरी प्रतिवेदन दिएपछि विमानले उडान भरिरहेको भैरहवा विमानस्थलका प्रमुख गोविन्द दाहालले जानकारी दिए । ‘विमान ठिकठाक छ । त्यहीअनुसार रिपोर्ट पनि आएको छ, अहिले यात्रुहरू चढ्दै छन् अब उड्छ ।’ दाहालले भने ।

जजिराले भैरहवामा हप्तामा तीन दिन उडान गर्ने तालिका बनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस