काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएसँगै आन्तरिक हवाई भाडादर पनि बढेको छ ।
आगामी बुधबारदेखि लागु हुने गरी वायु सेवा सञ्चालक सङ्घले हवाई भाडा बढाएको हो ।
इन्धनको मूल्य बढेसँगै सङ्घले रुटअनुसार न्यूनतम ९० देखि अधिकतम ४४५ रुपैयाँसम्म हवाई भाडा बढाएको छ ।
सङ्घकाअनुसार काठमाडौँ–सिमरा उडानमा ९० रुपैयाँ र काठमाडौँ–धनगढी रुटमा सबैभन्दा बढी ४४५ रुपैयाँ भाडा बढेको छ ।