हरेक दुई दिनमा १० करोड मानिसलाई कोभिड परीक्षण गर्ने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

हरेक दुई दिनमा १० करोड मानिसलाई कोभिड परीक्षण गर्ने


९ जेष्ठ २०७९, सोमबार


बेइजिङ । चीनको हेनान प्रान्तले करिब १० करोड मानिसहरुलाई प्रत्येक दुई दिनमा कोभिड परीक्षण गराउन आदेश दिएको छ ।

चीनमा ओमिक्रोन भेरियन्टसँग लड्ने यो अभूतपूर्व कदम हो । चीनले आफ्नो शून्य–कोभिड नीतिलाई निरन्तरता दिएको छ ।

धेरै सहरहरूमा कडा तालाबन्दी र आवागमन प्रतिबन्ध लगाएर कोरोना भाइरस सङ्क्रमणलाई रोक लगाएको छ ।

हेनानको प्रान्तीय राजधानी झेङझाउमा मेको अन्त्य भन्दाअघि नै परीक्षण सुरु हुने अधिकारीहरुले जनाएका छन् ।

हरेक दुई दिनमा कोभिड परीक्षण गर्ने नीतिले सम्भावित जोखिमहरु चाँडै पहिचान गर्न मद्दत गर्ने छ ।

कोभिडविरुद्धका नियम पालना नगर्ने बासिन्दाहरूलाई सार्वजनिक स्थानहरूमा प्रवेश गर्न वा यातायात सेवा लिन आवश्यक कोडहरू स्क्यान गर्न समस्या हुने समाचारमा जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस