हेटौँडाकी मेयर लामाद्वारा विपन्न १५४१ परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

हेटौँडाकी मेयर लामाद्वारा विपन्न १५४१ परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय


९ जेष्ठ २०७९, सोमबार


हेटौँडा । हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले नगरभित्रका अति विपन्न १५ सय ४१ परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेकी छन् ।

आज (सोमबार) पदभार ग्रहण गर्दै उनले स्वास्थ्य बीमासहितका पाँच वटा निर्णय गरेकी छन् । उनले विपन्न १५ सय ४१ घरपरिवारलाई १५ हजार लिटर पानी र २५ युनिट विद्युत् निःशुल्क उपलब्ध गराउने निर्णय समेत गरेकी छिन् ।

त्यसै गरी, आर्थिक अवस्थाको कारणले शिक्षा हासिल गर्नबाट वञ्चित विद्यार्थीलाई प्रोत्साहन र सहुलियत दिन मेयर छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने, सडक विस्तारका क्रममा सडकको बीच भागमा परेका विद्युतका पोल हटाई छेउ किनारामा स्थापना गर्ने निर्णय पनि गरेकी छन् ।

त्यस्तै महिला जागरण समूहमार्फत लैङ्गिक हिंसाविरुद्धका अभियान सञ्चालन गर्दै पीडित र प्रभावित महिला तथा बालबालिकालाई अल्पकालीन आश्रय स्थलमार्फत प्रभावकारी रुपमा पुर्नस्थापना कार्यहरु सञ्चालन गर्ने निर्णय समेत भएको हेटौँडा उपमहानगरपालिकाको कार्यालय जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस