काठमाडौँ-बनारस उडान पुनः सुरु « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

काठमाडौँ-बनारस उडान पुनः सुरु


९ जेष्ठ २०७९, सोमबार


उडान रद्द

काठमाडौँ । काठमाडौँबाट बनारसका लागि सिधा हवाई उडान पुनः सुरु भएको छ । यस रुटमा बुद्ध एयरले उडान गरिरहेको छ ।

कोभिड-१९ महामारीपछि आज (सोमबार) काठमाडौँबाट बनारसमा पहिलो उडान भएको हो ।

बुद्ध एयरका अनुसार अब सातामा दुई दिन (सोमबार–शुक्रबार) यो रुटमा उडान हुने भएको छ ।

यस रुटबाट नेपाल र भारतका दुई चर्चित धार्मिक गन्तव्य पशुपतिनाथ र विश्वनाथ मन्दिर जोडिन्छन् ।

साथै गौतमबुद्धसँग जोडिएका अन्य गन्तव्य सारनाथसहितका समेत बनारस आसपास मै रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस