चट्याङ लागेर एक महिलाको मृत्यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

चट्याङ लागेर एक महिलाको मृत्यु


९ जेष्ठ २०७९, सोमबार


उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिका–११ गोठडाँडामा आइतबार दिउँसो वर्षासँगै परेको चट्याङबाट एक महिलाको मृत्यु भएको छ ।

कटारी इलाका प्रहरी कार्यालयका अनुसार चट्याङ लागेर गोठडाँडा बस्ने वर्ष ४५ को भक्तकुमारी बुढाथोकी मृत्यु भएको हो ।

आइतबार दिउँसो हावाहुरी र वर्षासहित चट्याङ खस्दा घरको दलानमा बसिरहेकी बुढाथोकी सख्त घाइते भएकी थिइन् ।

उनलाई उपचारका लागि तत्काल कटारी अस्पताल लगेर उपचार गर्ने क्रममा बेलुकी साँझ मृत्यु भएको प्रमुख प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस