२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताको विश्वासलाई शिरमा राखेर काम गर्न वरिष्ठ नेता पौडेलको आग्रह

अ+ अ-

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले जनताको विश्वासलाई शिरमा राखेर काम गर्नुपर्ने बताएका छन् ।

तनहुँको व्यास नगरपालिकामा नेपाली काँग्रेसले विजय हासिल गरेपछि आज आयोजित विजय सभालाई सम्बोधन गर्दै उनले जनताको विश्वासलाई साकार गर्नेतर्फ लाग्नुपर्ने बताए ।

जनताको विश्वासमाथि तुसारापात हुन दिन नहुने भन्दै वरिष्ठ नेता पौडेलले शासक नभई जनताको सेवक बनेर काम गर्न आग्रह गरे। उनले ठोस विकासका लागि काम गर्न आग्रह गर्दै भने, ‘नगरको विकासमा धेरै काम गर्न बाँकी छ, विकासको कामलाई मूर्त रुप दिन बाँकी छ ।’

जनतालाई गाउँमै बसुँबसुँ बनाउनका लागि आफूले राजनीति सुरु गरेको भन्दै पौडेलले उक्त अभियान सफल भएरै छाड्ने बताए ।

राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र विकासलाई गति दिएर नेपाललाई सफल बनाउने अभियान काँग्रेसको मूल ध्येय रहेको उनको भनाइ थियो ।

देशको विकास र स्थायित्वका लागि गठबन्धन गरिएको चर्चा गर्दै उनले आगामी दिनमा पनि गठबन्धनलाई निरन्तरता दिइने बताए ।

काँग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले घोषणापत्रअनुसार काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे । व्यासका नवनिर्वाचित प्रमुख वैकुण्ठ न्यौपानेले जनताको भावनाअनुसार काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस