गौरादह नगरपालिकाको प्रमुख-उपप्रमुखमा एमाले « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

गौरादह नगरपालिकाको प्रमुख-उपप्रमुखमा एमाले


९ जेष्ठ २०७९, सोमबार


सुरुङ्गा । झापाको गौरादह नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रमुख र उपप्रमुख दुवै पद जीतेको छ ।

बाह्र हजार ८४९ मत प्राप्त गर्दै प्रमुख पदमा एमालेका उम्मेदवार छत्रपति सुवेदी निर्वाचित भए । उनले नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका रोहित कुमार शाहलाई पराजित गरे । शाहले ११ हजार ४४८ मत प्राप्त गरे । शाह यसअघि सोही नगरको नगर प्रमुख पदमा निर्वाचित थिए ।

उपप्रमुखमा पनि एमालेका उम्मेदवार जलवर्षा राजवंशी विजयी भएकी छन् । राजवंशीले ११ हजार ९१४ मत प्राप्त गरिन् । उनले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार पुष्पलाल ढकाललाई पराजित गरिन् । ढकालले १० हजार ३४८ मत प्राप्त गरेका छन् ।

गौरादह नगरपालिकामा काँग्रेसले माओवादीलगायतका दलसँग गठबन्धन गरेको थियो । यो नगरमा नौ वडा रहेका छन् ।

जसमा वडा नं १ मा एमालेका तर्फबाट नगेन्द्र भण्डारी, २ मा काँग्रेसबाट गोपालप्रसाद कोइराला, ३ मा स्वतन्त्र उम्मेदवार दिलीपकुमार भण्डारी, ४ मा एमालेबाट दुर्गामणि बस्नेत, ५ मा एमालेबाट नै जगन्नाथ खनाल, ६ मा काँग्रेसबाट तोयानाथ प्रसाईँ, ७ मा एमालेबाट बलराम खरेल, ८ मा माओवादीबाट गणेशकुमार राजवंशी र ९ मा एमालेबाट उपेन्द्र निरौला विजयी भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस