भीमदत्त-१३ मा काँग्रेसका क्षेत्रीय कोषाध्यक्षलाई पराजित गर्दै काँग्रेसकै बागी उम्मेदवार विजयी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भीमदत्त-१३ मा काँग्रेसका क्षेत्रीय कोषाध्यक्षलाई पराजित गर्दै काँग्रेसकै बागी उम्मेदवार विजयी


९ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका-१३ मा काँग्रेसका बागी उम्मेदवार निर्वाचित भएका छन् । पुतली चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका रामबहादुर बोहरा ‘झक्कास’ निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिमाण अनुसार स्वतन्त्र उम्मेदवार झक्कास एमाले, काँग्रेस र राप्रपाका उम्मेदवारलाई पछि पार्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

झक्कास आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका खेमराज पन्तलाई एक सय आठ मतान्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका छन् । झक्कासले ६ सय ४६, पन्तले पाँच सय ३८ मत ल्याएका थिए भने काँग्रेसका सुरेन्द्रबहादुर सिंहले एक सय ६२, राप्रपाका प्रकाश थापाले ६७ मत ल्याएका छन् ।

झन्डै दुई दशक काँग्रेसको राजनीतिमा सक्रिय रहेका झक्कासलाई यस पटक पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । काँग्रेस क्षेत्रीय प्रतिनिधि रहेका झक्कासले काँग्रेसकै निर्वाचन क्षेत्र नम्बर ३ का कोषाध्यक्ष सिंहलाई पराजित गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस