मोरङको सुन्दरहरैँचा नगरपालिकामा एमाले विजयी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मोरङको सुन्दरहरैँचा नगरपालिकामा एमाले विजयी


९ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । मोरङको सुन्दरहरैँचा नगरपालिका प्रमुख र उपप्रमुख दुबैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

मेयरमा एमाले उम्मेदवार केदारप्रसाद गुरागाईँले काँग्रेसका शिवप्रसाद ढकाललाई ७ सय २७ मतले हराउँदै विजयी भएका हुन्।

ढकाल निवर्तमान मेयरसमेत हुन्। गुरागाईँले २१ हजार ४ सय ५ मत ल्याउँदा ढकालले २० हजार ६ सय ७८ मत ल्याएर पराजित भए।

त्यसैगरी उपमेयरमा एमालेकै अकली चौधरी विजयी भइन्। उनले २२ हजार ४ सय ५२ मत ल्याउँदा माओवादी केन्द्रका नवराज चापागाईँले ११ हजार ३ सय मत ल्याए।

काँग्रेस र माओवादी केन्द्रले मेयर र उपमेयरमा गठबन्धन गरेको थियो। योसँगै मोरङका सबै १७ पालिकाको अन्तिम परिणाम सकिएको छ।

जसमा ९ वटा पालिकामा एमालेले जित्यो भने ८ वटामा काँग्रेसले जितेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस