शुक्लाफाँटाको मेयरमा एमालेका महरा विजयी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

शुक्लाफाँटाको मेयरमा एमालेका महरा विजयी


८ जेष्ठ २०७९, आइतबार


महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको मेयरमा नेकपा एमालेका रणबहादुर महरा निर्वाचित भएका छन् ।

प्रतिस्पर्धी नेपाली काँग्रेसका चिन्तामणि भट्ट र नेकपा माओवादीका नवराज ऐरलाई पराजित गर्दै महरा मेयरमा निर्वाचित भएका हुन् । महराले ६ हजार ७७३ मत पाउँदा उनका प्रतिस्पर्धी काँग्रेसका भट्टले ६ हजार २६४ र माओवादीका ऐरले ५ हजार २२५ प्राप्त गरेका छन् ।

यसै गरी उपमेयरमा नेपाली काँग्रेसकी कल्पना पन्त निर्वाचित भएकी छन् । उनले ६ हजार ५१९ मत प्राप्त गरिन् । उनकी प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका माधवप्रसाद पन्तले ५ हजार ३६० र एमालेकी मोनिका भट्टले ५ हजार २३६ मत प्राप्त गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस