सामाजिक सुरक्षा भत्ता घर दैलोमै पुर्‍याउँछौँ : नगर प्रमुख लिम्बू « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सामाजिक सुरक्षा भत्ता घर दैलोमै पुर्‍याउँछौँ : नगर प्रमुख लिम्बू


८ जेष्ठ २०७९, आइतबार


कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाका नवनिर्वाचित प्रमुख किशोरकुमार लिम्बूले सामाजिक सुरक्षाभत्ता घरमै पुगेर वितरण गर्ने बताएका छन् ।

बैङ्कहरूलाई आवश्यक प्रक्रिया पूरा गरी घर–घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन निर्देशन दिइएको जानकारी उनले दिए ।

नगरको मुख्य समस्याको रुपमा रहेको डुबान र कटानको समस्या समाधानका लागि स्थानीय तह, प्रदेश र केन्द्र सरकारसँग समन्वय गरी समस्या समाधान गरिने नगरप्रमुख लिम्बुले जोड दिए ।

‘पटक–पटक देखा पर्ने सीमा समस्या समाधानका लागि केन्द्र सरकारसँग पहलका लागि कार्य अगाडि बढाउँछौँ’ उनले भने, ‘भारतीय अधिकारीसँग समन्वय गरी सीमा विवाद समाधानका लागि प्रयत्नशील रहने छौँ ।’

शैक्षिक क्षेत्रको विकासका लागि गुणस्तरीय शिक्षामा जोड दिने र नगरपालिकास्तरीय छात्रावास निर्माणसँगै नगर स्तरीय पुस्तकालय स्थापना गरिने, एक वर्षभित्रै छाडा चौपाया व्यवस्थापन गरिने र मदिरा बिक्री गरी जीविका चलाउनेलाई स्वरोजगार बनाउनका लागि सीपमूलक तालिम दिइने नगरप्रमुख लिम्बुले बताए ।

नगरमा अवैधरुपमा मदिरा विक्री वितरणमा पूर्ण रोक लगाइने र काम गर्ने व्यक्तिलाई मात्रै अनुदानका कार्यक्रममा समेटिने उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस