क्षीरेश्वरनाथको प्रमुखमा एमाले र उपप्रमुखमा काँग्रेस निर्वाचित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

क्षीरेश्वरनाथको प्रमुखमा एमाले र उपप्रमुखमा काँग्रेस निर्वाचित


८ जेष्ठ २०७९, आइतबार


धनुषा । क्षीरेश्वरनाथ नगरपालिकामा प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा नेपाली काँग्रेसले जित हात पारेको छ ।

प्रमुखमा एमाले सुखदेव यादवले काँग्रेसका उम्मेदवार योगेन्द्र पजियारलाई ६१३ मतान्तरले पराजित गर्दै विजयी हासिल गरेका हुन् ।

यादव कुल सात हजार ९१३ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी पजियारले सात हजार ३०० मत मात्र प्राप्त गरेका छन् ।

उपप्रमुखमा काँग्रेसकी उम्मेदवार रचना श्रेष्ठ माथेमाले दोस्रो कार्यकाल लागि पुनः निर्वाचित भएकी छन् । उनले सात हजार ५५० मत पाउँदा उनको निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार सालिनी चौधरीले सात हजार ५११ मत प्राप्त गरेकी छन् ।

यस क्षीरेश्वरनाथका १० वडामध्ये आठ वडाध्यक्ष र उपप्रमुखसहित काँग्रेसका उम्मेदवारले जित्न सफल भए पनि दुई वडा र नगरप्रमुख पदमा एमाले जित निकाल्न सफल भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस