६ महिला खेलाडी यू-१९ विश्वकप छनोट खेल्नबाट वञ्चित  « प्रशासन
Logo २२ असार २०७९, बुधबार
   

६ महिला खेलाडी यू-१९ विश्वकप छनोट खेल्नबाट वञ्चित 


८ जेष्ठ २०७९, आइतबार


काठमाडौँ। उमेर नपुगेका कारण यु १९ विश्वकप छनोट खेल्न नेपालबाट ६ जना महिला खेलाडीले मलेसियामा हुने आसन्न यू-१९ विश्वकप छनोट खेल्नबाट वञ्चित हुने भएका छन् ।

घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू ज्योत्सनीका मरासिनी सहित ६ जना खेलाडीले प्रतियोगिता खेल्नबाट वञ्चित भएका हुन् ।

आइसिसीले यू-१५ खेलाडीका लागि गार्जियन कन्सेन्ट लेटर (परिवारको अनुमति पत्र) लिएर मात्र यू-१५ खेलाडीलाई प्रशिक्षणमा राख्न पाइने नियम बनाए पछि सोही अनुसार उनीहरूलाई टिममा राखिएको थियो ।

प्रशिक्षणमा रहेका उनीहरूलाई आइसिसीको उमेरको मापदण्डभित्र पर्न नसक्दा अन्तिम १८ बाट नै बन्द प्रशिक्षण बाहिर राखिएको हो ।

नेपाल क्रिकेट सङ्घ (क्यान)का म्यानेजर विनोद दास भन्छन्, ‘खेलाडीहरूको अनुभव पर्याप्त नभएको कारण यू-१५ खेलाडी कसैलाई पनि यो प्रतियोगितामा समावेश गर्न नपाउने बताइयो ।’

यो पटकदेखि आइसिसीको नियम परिवर्तन भई यू-१५ खेलाडीले प्रतियोगिता खेल्न नपाउने नियमका अनुसार ६ खेलाडीलाई अन्तिम १४ को टिममा नराखिएको दासले जानकारी दिए ।

क्यान अधिकारीका अनुसार बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरूले सुरुमा आफ्नो उमेर बढी बताएका थिए । टिमको कागजी प्रक्रियाका लागि आधिकारिक प्रमाणपत्र मगाउँदा ६ जना खेलाडीको उमेर नपुगेको पाइएको हो

Tags :
प्रतिक्रिया दिनुहोस