पाँचखालमा गठबन्धनको अग्रता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पाँचखालमा गठबन्धनको अग्रता


८ जेष्ठ २०७९, आइतबार


बनेपा । काभ्रेपलान्चोकको पाँचखाल नगरपालिकामा गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका महेश खरेलले अग्रता लिएका छन् ।

वडा नं १० सम्म सम्पन्न मतगणना परिणामअनुसार उनले नौ हजार ९३७ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का कञ्चन अधिकारीले छ हजार ४७ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का चेतप्रसाद गौतमले सात हजार १५८ मत प्राप्त गरेका छन् भने एमालेका सूर्यमाया दनुवारले छ हजार ९५१ मत प्राप्त गरेकी छन् ।

मतगणना सम्पन्न भएको वडामध्ये वडा नं १ माओवादी केन्द्रका जयबहादुर तामाङ, वडा नं २,३, ४,७ र ८ मा काँग्रेसका क्रमशः रामेश्वर दाहाल,सुन्दर अधिकारी, सुन्दर तामाङ, रामकृष्ण दङ्गाल र सञ्जय तामाङ , वडा नं ५ मा एमालेका सीताराम ढुङ्गाना, वडा नं ६ मा नेकपा (एकीकृत समाजवादी)का रामशरण दुलाल, वडा नं ९ र १० मा एमालेका क्रमशः रामकाजी श्रेष्ठ र नारायणप्रसाद सापकोटा विजयी भएका छन् । १३ वटा वडा रहेको पाँचखालमा तीन वडाको मतगणना जारी छ ।

यसैबीच जिल्लाको डाँडापारिस्थित महाभारत गाउँपालिकाको वडा नं ५ मा माओवादी केन्द्रका विजय राना मगर ५४४ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका कमलबहादुर वाइबाले ५४२ मत प्राप्त गरेका छन् । सो वडामा पुनः दोहोर्‍याएर मतगणना गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस