२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीमा जिसस गठनका लागि एमालेको एकल बहुमत

अ+ अ-

म्याग्दी । म्याग्दीमा जिल्ला समन्वय समिति गठनका लागि नेकपा (एमाले)लाई स्पष्ट बहुमत आएको छ ।

स्थानीय तहका प्रमुख–अध्यक्ष र उपप्रमुख–उपाध्यक्षले मतदान गर्ने जिससका लागि जिल्लामा १२ मतदाता छन् । स्थानीय तहको निर्वाचित जनप्रतिनिधि उम्मेदवार हुने जिससका लागि एमालेले एकल बहुमत बनाएको हो ।

छमध्ये तीनवटा गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष र बेनी नगरपालिकामा प्रमुख जितेकाले जिसस गठनका लागि एकल बहुमत पुगेको एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र कटुवालले जानकारी दिए ।

सात मतदाता भएमा जिल्लाको जिसस गठनका लागि बहुमत पुग्छ । जिल्लामा एमालेबाट निर्वाचित अध्यक्ष–उपाध्यक्ष र प्रमुखको सङ्ख्या सात छन् ।

बेनी नगरपालिकाको वडा नंं १ रत्नेचौरबाट वडा सदस्यमा निर्वाचित राजकुमार थापा जिल्ला समन्वय समितिको प्रमुखको दाबेदार देखिएका छन् ।

यसअघि गोलाप्रथाबाट जिल्लाको जिससमा प्रमुख–उपप्रमुख चयन गरिएको थियो । सदस्यहरू एमाले, काँग्रेस, माओवादी र राप्रपाले सहमतिमा बाँडेका थिए ।

काँग्रेसको छ, एमालेको पाँच र राप्रपाको एक मतदाता भएपछि गोलाप्रथाबाट चार दलको सहभागितामा एमालेका जिल्ला अध्यक्षसमेत रहेका कटुवालको नेतृत्वमा जिसस गठन गरिएको थियो ।

यसपालि एमालेले मालिका, अन्नपूर्ण, मङ्गलामा अध्यक्ष–उपाध्यक्ष र बेनीमा नगरप्रमुख जितेको छ । धवलागिरि गाउँपालिकामा अध्यक्षमा विजयी भएको काँग्रेसले रघुगङ्गामा अध्यक्ष, उपाध्यक्ष दुवै जितेको छ ।

नेकपा ९माओवादी केन्द्र०ले बेनी नगरपालिकाको उपप्रमुख र धवलागिरि गाउँपालिकाको उपाध्यक्ष जितेको छ । जिल्लाका ४५ मध्ये एमालेले २२, काँग्रेसले १७ र माओवादीले छ वटा वडामा जितेका छन् ।

दुई वटा स्थानीय तहको सभामा एमाले र एक वटाको सभामा काँग्रेसको बहुमत छ । बेनी नगरपालिका, धवलागिरि र मालिका गाउँपालिकाको सभामा बहुमत पुर्‍याउन माओवादीबाट जितेका जनप्रतिनिधि निर्णायक हुने देखिएको छ ।

कार्यपालिकाको सदस्य निर्वाचनका लागि दुवै दलको एकल बहुमत नपुग्ने तीन पालिकामा माओवादी निर्णायक हुने देखिएको हो ।

वारागुङ मुक्तिक्षेत्र र लोघेकर दामोदरकुण्डको कार्यपालिका सदस्य निर्विरोध

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको कार्यपालिका सदस्य निर्विरोध चयन भएका छन् ।

महिलाको चार र दलित तथा अल्पसङ्ख्यक सदस्यको दुई पदका लागि आवश्यक सङ्ख्यामा मात्र एकल उम्मेदवारी दर्ता भएकाले निर्विरोध भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वारागुङ मुक्तिक्षेत्रको छ वटै पदमा एमालेका, लोघेकर–दामोदरकुण्डको पाँच पदमा एमाले र एक पदमा काँग्रेसका उम्मेदवारको एकल उम्मेदवारी परेको हो ।

वारागुङ मुक्तिक्षेत्रको कार्यपालिका सदस्यमा महिलातर्फ कुन्जाङमो गुरुङ, माया गुरुङ, ल्हाक्चोम गुरुङ र मनकुमारी कामी, दलित वा अल्पसङ्ख्यकतर्फ मुनु दमाई र ल्हम्ङे गुरुङ निर्विरोध भएका निर्वाचन अधिकृत सारदादेवी पौडेलले बताइन् ।

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा वारागुङ मुक्तिक्षेत्रको अध्यक्ष–उपाध्यक्ष, तीन वडाको अध्यक्ष एमालेले र दुई वटा वडामा काँग्रेसले जितेका थिए ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका निर्वाचन अधिकृत नेपालहरि रानाभाटले पाँच जना एमालेका र एक काँग्रेसका उम्मेदवार कार्यपालिका सदस्यमा निर्विरोध भएका जानकारी दिए ।

एमालेका कर्मकेसोम गुरुङ, कृष्णप्रसाद विश्वकर्मा, छिरिङ विटीक गुरुङ, जिक्मी वाङ्दी विष्ट, पासाङभुटी गुरुङ र काँग्रेसका कचाङछुटेन गुरुङ कार्यपालिका सदस्य पदमा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत रानाभाटले बताए ।

प्रतिक्रिया दिनुहोस