डोटीमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डोटीमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा


६ जेष्ठ २०७९, शुक्रबार


डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाभित्र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिने भएको छ ।

नगरप्रमुख बाजी खड्काको अध्यक्षतामा आज नगर कार्यपालिकाको कार्यालयमा नवनिर्वाचित जनप्रतिनिधिहरूको बसेको पहिलो बैठकबाट दिपायल सिलगढी नगरपालिकाभित्र सुत्केरीलाई एम्बुलेन्स सेवा निःशुल्क दिने निर्णय गरिएको छ ।

सुत्केरी हुने वा भएका महिलालाई नगरपालिकाको एम्बुलेन्समार्फत जिल्लाबाहिर लैजानुपरेमा ५०५ छुट दिने तथा नगरपालिकाभित्र निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ ।

नगरपालिकाभित्र सबैलाई उचित पर्ने स्थानमा खेलमैदान निर्माण गर्ने नगरपालिकाको पहिलो बैठकले निर्णय गरेको नगरप्रमुख खड्काले जानकारी दिए । नवनिर्वाचित जनप्रतिनिधिले आज आफ्नो पदभार ग्रहण गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस