पाकिस्तानद्वारा अत्यावश्यकबाहेकका वस्तुहरुको आयातमा रोक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पाकिस्तानद्वारा अत्यावश्यकबाहेकका वस्तुहरुको आयातमा रोक


६ जेष्ठ २०७९, शुक्रबार


आइनजीओलाइ देश छाड्न सरकारको आदेश

इस्लामावाद । पाकिस्तानले अति आवश्यक रहेका बाहेकका तथा विलासिताका सामानहरुको आयातमा रोक लगाएको छ ।

पाकिस्तान सरकारले ती सामानहरु आयातमा रोक लगाएको जानकारी शुक्रबार गराएको छ ।

यसरी आयातमा रोक लगाइएका सामानहरु तीन दर्जन भन्दा बढी रहेका पनि बताइएको छ । यहाँको सरकारले आर्थिक सङ्कटको निकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ ।

पाकिस्तान सरकारले पाकिस्तानको आर्थिक सङ्कटको समाधानसम्बन्धी कार्यक्रमहरु ल्याएको छ ।

यहाँ पनि आर्थिक सङ्कट पर्न सक्ने सङ्केतहरू देखिएको भन्दै सरकारले आर्थिक सुधारका कार्यक्रम ल्याएको हो । त्यसै क्रममा यहाँको सरकारले शुक्रबारदेखि यस्ता सामग्रीहरु आयात गर्ने काममा रोक लगाएको यहाँका सूचना तथा प्रसारण मन्त्रीले जानकारी दिएका हुन् ।

मन्त्री मारिम औरान्जेबले पाकिस्तानको आर्थिक अवस्थामा पनि सङ्कट आइपर्ने सङ्केतहरू देखिन थालेको भन्दै यसका लागि देशबासीहरुले त्यसमा सहयोग गर्नुपर्ने बताए । देशको आर्थिक अवस्थामा अप्ठेरो आउन लागेकाले पाकिस्तानका सबै नागरिकको सहयोग आवश्यक रहेको उनले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस