बलात्कार पीडितलाई न्यायका लागि दबाब दिन बालुवाटारमा धर्ना « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बलात्कार पीडितलाई न्यायका लागि दबाब दिन बालुवाटारमा धर्ना


६ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । सौन्दर्य प्रतियोगिताको नाममा आठ वर्षअघि बलात्कृत भएकी युवतीको न्यायका लागि दबाब दिन युवाले प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका छन् ।

‘अकुपाइ बालुवाटार’को नाममा अभियान नै चलाएर युवाले स्वतः स्फूर्तरुपमा धर्ना दिएका हुन् ।

गत बुधबार पीडित युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत आफूलाई सौन्दर्य प्रतियोगिताका एक सञ्चालकले लट्ठिने सामग्री भएको पेय पदार्थ खुवाएर बलात्कार गरेको खुलासा गरेकी थिइन् ।

पीडितको मनोबल कमजोर हुन नदिन र आरोपीलाई सजायको माग गर्दै सामाजिक सञ्जालमा ‘अकुपाइ बालुवाटार’ कार्यक्रमको आह्वान गरिएको थियो ।

धर्नामा सहभागीहरुले बलात्कार जस्तो गम्भीर विषयमा रहेको हदम्याद हटाउन पनि माग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस